महागुरु फाल्गुनन्दको १४१औँ जयन्ती मनाइँदै

थानकोट ।

किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

२५ कात्तिक १९४२ मा इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो ।

किराँत, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उनको महत्त्वपूर्ण योगदान रहेको छ । समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माणसमेत गरेका थिए । यसलाई ‘सत्य धर्म मुचुल्का’ भनिन्छ । यो २४ वैशाख १९८८ मा जारी गरिएको थियो ।

किराँत समाज सुधारका लागि नीतिसमेत निर्माण गरी योगदान गरेका फाल्गुनन्दको २००५ मा निधन भएको हो ।

किराँत समाज सुधारमा उनले पुर्‍याएको योगदानको कदर गर्दै उनलाई १६ मंसिर २०६६ मा सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो ।

उनको योगदानको कदर गर्दै किराँती समुदायको बसोबास रहेको पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम, झापालगायत किराँत समुदायको बसोबास भएका जिल्लामा फाल्गुनन्द जयन्ती मनाउने गरिन्छ ।

राजधानीमा पनि विभिन्न कार्यक्रम गरी किराँत समुदायले महागुरु फाल्गुनन्द जयन्ती मनाउने गरेको किराँत ज्योतिष संघका अध्यक्ष चन्द्रकुमार शेर्माले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *