नेपाल प्रिमियर लिगः काठमान्डु गुर्खाजको विजयी सुरुवात, डिफेन्डिन्ड च्याम्पियन जनकपुर पराजित

Thankot Times

थानकोट ।

नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमान्डु गुर्खाजले विजयी सुरुवात गरेका छन्।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सोमबार भएको उद्‍घाटन खेलमा काठमान्डुले जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गरेको हो।

जनकपुरले दिएको १३१ रनको लक्ष्य काठमान्डुले १८ ओभरमा ५ विकेटको क्षतिमा पूरा गरेको थियो।

काठमान्डुका लागि बेन चार्ल्सवर्थले सर्वाधिक ४६ रन बनाए।

त्यस्तै, आका त्रिपाठीले ३९, मिलिन्द कुमारले १९ र जोह्न सिम्पसनले १३ रन बनाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *