काठमाडौंमा स्कुटर र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा धादिङका सजनले ज्यान गुमाए
थानकोट ।
काठमाडौंको सोह्रखुट्टेस्थित कालधारामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
काठमाडौं महानगरपालिका–१६, सोह्रखुट्टे कालधारा चोकस्थित सडकमा बिहीबार वाग्मती प्रदेश ०२–०३३ प ३३९७ नम्बरको मोटरसाइकल र बा ४१ प ६७९ नम्बरको स्कुटर एकापसमा ठोक्किएको थियो ।
दुर्घटनामा मोटरसाइकलमा सवार धादिङ धुनिवेशी नगरपालिका-०८ खानिखोलाका १८ वर्षीय सजन रेग्मीको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका रेग्मीको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो ।
मोटरसाइकल चालक र स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तस्बिर स्रोत: रेडियो राजमार्ग












