नेत्रहीन महिला टी-२० विश्वकप क्रिकेट: सेमीफाइनलमा नेपालले पाकिस्तानसँग खेल्ने
थानकोट ।
पहिलो नेत्रहीन महिला टी-२० विश्वकप क्रिकेटमा सेमिफाइनल समीकरण पूरा भएको छ ।
श्रीलंका र भारतमा संयुक्त रुपमा भइरहेको प्रतियोगितामा नेपालसँगै आयोजक भारत, पाकिस्तान र अस्ट्रेलिया प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् ।
पहिलो सेमिफाइनल खेल भारत र अस्ट्रेलियाबीच शनिबार हुनेछ । खेल बिहान ९:१५ बजे शुरू हुनेछ ।
दोस्रो सेमिफाइनल खेल पनि शनिबारनै नेपाल र पाकिस्तानबीच हुनेछ ।
उक्त खेल दिउँसो १:१५ बजे शुरू हुनेछ ।
दुवै सेमिफाइनल खेल श्रीलंकाको कोलम्बोमा खेलाइने छ ।
नेपाली टोलीमा गीता पौडेल (कप्तान), विनिता पुन, विनिता सोमाई, दिल्लीसरा धमला, मनकेशरी चौधरी, कान्ति डगौरा, देवकी थापामगर, अंगिला ढकाल, सरिता घिमिरे, सुनिता भुजेल, सुष्मा तामाङ, पुनम चौधरी, लक्ष्मी तामाङ, एसेरा माया लुङ्गेली मगर, विमला राई र प्रतिभा राई छन् ।
नेपाली टोलीको प्रमुख प्रशिक्षकमा पुरनसिंह खत्री र सहायक प्रशिक्षकमा नहेन्द्र निरौला रहेका छन् ।














