विश्व कराते च्याम्पियनसिपमा भाग लिन इजिप्ट जाने खेलाडीको बिदाइ

Thankot Times

थानकोट ।

सिनियर विश्व कराते च्याम्पियनसिपको २७औँ संस्करणमा सहभागी हुने  नेपाली कराते टोलीलाई शुक्रबार बिदाई गरिएको छ । 

इजिप्टको कायरोमा हुने प्रतियोगितामा नेपालबाट एरिका गुरुङ र सानुमाया थिङले चुनौती प्रस्तुत गर्ने छन् ।

एरिकाले ६८ केजीमाथि तथा सानुमायाले एकल कातामा प्रतिस्पर्धा गर्ने तयारी छ।

नोभेम्बर २७ देखि ३० तारिखसम्म हुने प्रतियोगिताका लागि उनीहरू आइतबार काइरो जानेछन् ।

 राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले टोलीलाई सफलताको शुभकामना दिँदै शुक्रबार बिदाइ गरेका हुन् ।

कायरो प्रस्थान गर्ने नेपाली अफिसियलमा नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा, महासचिव दावा गुरुङ र कृष्णप्रसाद गौतम, टिम व्यवस्थापकमा रवि महर्जन तथा प्रशिक्षकमा कुशल श्रेष्ठ र मन्डेकाजी श्रेष्ठ रहेका छन् ।

तारा गुरुङ र खेलाडी सन्तोष श्रेष्ठ पनि टोलीसँगै इजिप्ट जाने छन् ।

सानुमाया सतुङ्गल बोसिगाउँस्थित धनबहादुर खेलकुद प्रतिष्ठानकी प्रशिक्षार्थी हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *