चापागाउँ दोबाटोमा ट्रक र मोटरसाइकल ठोक्किँदा कीर्तिपुर निवासी मोटरसाइकल चालकको मृत्यु

Thankot Times

थानकोट ।

ललितपुर महानगरपालिका–१५ चापागाउँ दोबाटोस्थित सडकमा ना.३ ख ४७४५ नम्बरको ट्रक र बा.प्र. ०२–०१९ प ६६८७ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई बुधबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

दुर्घटनामा कीर्तिपुर नगरपालिका–५ भत्केको पाटी घर भएका २२ वर्षीय सुशान्त बस्नेतको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *