हङकङको ताइपोस्थित अपार्टमेन्टमा लागेको आगो नियन्त्रणमा, कम्तीमा ९४ जनाको मृत्यु
थानकोट ।
हङकङको ताइपोमा रहेको अपार्टमेन्टमा अस्ति बुधबार लागेको आगलागीमा अहिलेसम्म कम्तीमा ९४ जनाको ज्यान गएको पुष्टि भएको छ ।
आगलागीमा ७६ जना घाइते भएका र झन्डै तीन सय जना भन्दा धेरै मानिसहरु हराइरहेका बीबीसीले जनाएको छ ।
आगो सातवटा टावरमा फैलिएको थियो ।
अहिले आगो नियन्त्रणमा आइसकेको सरकारी निकायले दाबी गरेको छ ।
मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
आगलागी भएको घरमा झन्डै चार हजार ६ सय जना मानिस बसेका थिए ।
आगो कसरी शुरू भयो भन्ने बारेमा अझै स्पष्ट भएको छैन् ।
घटनासँग सम्बन्धित तीन वटा निर्माण कम्पनीका कर्मचारीहरुलाई त्यहाँको प्रहरीले पक्राउ गरेको खबरमा उल्लेख छ ।












