ब्राउन सुगरजस्तो देखिने पदार्थसहित कलङ्कीबाट समातिए २६ वर्षीय युवा
थानकोट ।
काठमाडौँ महानगरपालिका–१४ कलङ्कीबाट एक जना युवा पक्राउ परेका छन् ।
ब्राउन सुगरजस्तो देखिने पदार्थ करिब ७ ग्राम ४ सय १० मिलिग्राम, डिजिटल तराजु १ थान र नगद ५६ हजार ६ सय रुपैयाँसहित सिन्धुली मरिण गाउँपालिका–७ घर भएका २६ वर्षीय युवराज लाखेलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी वृत्त कालीमाटी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले ५.८२ ग्राम लागूऔषध खैरो हिरोइन र रु ५४ हजार ६०० नगदसहित लाखेलाई पक्राउ गरिएको जानकारी दिए ।
प्रहरीले उनका साथबाट एक थान मोबाइलसमेत बरामद गरेको छ ।
पक्राउ परेका लाखेलाई लागूऔषधसम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौँबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले जानकारी दिए ।
फाइल फोटो












