थानकोट जेसीज चन्द्रागिरि अन्तर वडाकप फुटसलको उपाधि वडा नं. ८ मातातिर्थलाई
थानकोट ।
चन्द्रागिरि नगरपालिका वडा नं ८ को क टोलीले चन्द्रागिरि अन्तर वडा कप फुटसलकाे उपाधि जितेको छ।
शनिबार सम्पन्न प्रतियोगिताको फाइनलमा चन्द्रागिरि नगरपालिका वडा नं ४ थानकोटको ए टोलीलाई २-० ले पराजित गर्दै चन्द्रागिरि-८ को टोलीले उपाधि उचालेकाे हाे ।
थानकोट जेसिजको आयोजनामा चन्द्रागिरि-९ मच्छेगाउँस्थित मत्स्य क्रियशन सम्पन्न प्रतियोगिताको विजेता हुँदा चन्द्रागिरि ८ ले ७५ हजार नगद पुरस्कारका साथै ट्रफी मेडल र प्रमाण पत्र पायाे ।
उप विजेता बनेको थानकोटले ३५ हजार नगद पुरस्कारका साथै ट्रफी मेडल र प्रमाण पत्रमा चित्त बुझायो ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी समीर गोपाली घाेषित हुँदा उत्कृष्ट गाेलरक्षक सुवर्ण बानियाँ चुनिए । दुवै जना चन्द्रागिरि वडा नं. ८ का खेलाडी हुन्।
प्रतियाेगितामा सर्वाधिक गाेलकर्ताकाे उपाधि आयुष्मान श्रेष्ठले प्राप्त गरे ।
विजेता तथा उपविजेतालाई नगरका प्रवक्ता तथा वडा नं. ४ का वडाध्यक्ष कृष्णप्रसाद खड्गी, चन्द्रागिरि वडा नं. १५ का वडाध्यक्ष तथा नगरका सामाजिक विकास समिति संयोजक घनश्याम लुँइटेल, चन्द्रागिरि वडा नंं ८ का वडाध्यक्ष तथा नगरका आर्थिक विकास समिति संयोजक प्रल्हाद रिजाल, बक्सर अविरल रिजाल लगायतले पुरस्कार वितरण गरेका थिए । ।
दुई दिने प्रतियाेगितामा चन्द्रागिरि नगरका १३ वडाका १९ टाेलीले सहभागीता जनाएका थिए ।
प्रवासमा रहेका नेपाली नागरिकहरूसमेतको आर्थिक सहयोगमा सो प्रतियोगिता सञ्चालन भएको थानकोट जेसीजले जनाएको छ ।
प्रतियोगिता सञ्चालनका लागि करिब ५ लाख रूपैयाँ खर्च लागेको थानकोट जेसीजका अध्यक्ष विराज शाहीले जानकारी दिए ।













