‘जेन-जी’का नाममा अरु नै व्यक्ति घाइते परिचयपत्र बनाउन सिडियो कार्यालय पुगेपछि …
थानकोट ।
‘जेनजी’ घाइतेका नाममा अरु नै व्यक्ति जिल्ला प्रशासन कार्यालय काठमाडौंमा घाइते परिचयपत्र बनाउन पुगेपछि परिचयपत्र वितरणको काम नै स्थगित भएको छ ।
प्रशासनले नक्कली ‘जेनजी’को संख्या बढ्दै गएको भन्दै आजै (सोमबार) का मितिदेखि परिचयपत्र वितरण रोकेको हो ।
गृह मन्त्रलयको वेबसाइटमा प्रकाशन भएको घाइते नामावलीभन्दा बाहिरका व्यक्तिहरू पनि परिचयपत्र बनाउन आएपछि अर्को व्यवस्था नभएसम्मका लागि परिचयपत्र वितरणको काम स्थगित गरिएको प्रशासनले जनाएको छ ।
“२०८२ भदौ २३ र २४ गतेको जेनजीको प्रदर्शनका क्रममा घाइते भई यस कार्यालयमा जेनजी घाइते परिचयपत्र बनाउनका लागि गृह मन्त्रालयको वेबसाइटमा प्रकाशन भएको घाइते नामावलीभन्दा बारिका व्यक्तिहरू पनि जेनजी घाइते बनाउने प्रयोजनका लागि आउने क्रम बढ्दो भएकाले यस सम्बन्धमा गृह मन्त्रालयको निर्देशन लिई निर्णय गर्नुपर्ने भएकाले अर्को व्यवस्था नभएसम्म जेनजी घाइतेको परिचायपत्र वितरणको कार्य स्थगन भएको व्यहोरा जानकारीको लागि अनुरोध छ,” प्रशासनद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।














