राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन झापा क्षेत्र नं. ३ बाट उमेदवार सिफारिस

Thankot Times

थानकोट ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नं ३ बाट उमेदवार सिफारिस भएका छन् ।

पार्टीको झापा निर्वाचन क्षेत्र नं ३ को क्षेत्रीय कार्यसमितिको शनिबार सम्पन्न बैठकले उनको नाम उमेदवारका रूपमा सिफारिस गरेको हो ।

यसअघि उनी सोही क्षेत्रबाट दुईपटक प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका थिए ।

बैठकले समानुपातिकतर्फका उम्मेदवारको नाम भने टुङ्गो लगाएको छैन् ।

पार्टीका जिल्ला अध्यक्ष केशव ओझाले यही पुस १२ गतेसम्म झापाका पाँचवटै क्षेत्रीय समितिले जिल्ला समितिसमक्ष उम्मेदवारको नाम सिफारिस गरिसक्ने जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ