काठमाडाैंको तापक्रम आज यस वर्षकै कम मापन

Thankot Times

थानकोट ।

काठमाण्डाैको तापक्रम आज यस वर्षकै सबैभन्दा कम मापन भएको छ ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् हरिप्रसाद दाहालका अनुसार हिजोको तुलनामा आज काठमाण्डाैको न्यूनतम तापक्रम झन्डै २ डिग्री सेल्सियले घटेको छ ।

हिजो ६ दशमलव ८ डिग्री सेल्सियस न्यूनतम तापक्रम रहेकोमा आज घटेर ४ दशमलव ९ डिग्रीमा रहेको छ ।

यो अभिलेख काठमाण्डाैको यो वर्षकै सबैभन्दा कम न्यूनतम तापक्रम हो । गएको मङ्सिर २८ गते काठमाण्डाैको न्यूनतम तापक्रम ५ डिग्रीमा झरेको थियो ।

माैसमविद् दाहालका अनुसार आज देशको तराईका धेरै क्षेत्रमा बाक्लो हुस्सु तथा कुहिरो लागिरहेको छ ।

हिमाली क्षेत्रमा मौसम सफा रहेको छ । पानी र हिमपात बढी हुने सम्भावना नरहेको उहाँले बताउनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *