त्रिभुवन पार्कमा थानकोटका एक पुरुष मृत भेटिए, अनुसन्धान जारी
थानकोट ।
त्रिभुवन पार्कमा एक पुरुष मृत फेला परेका छन् ।
प्रहरी वृत्त थानकोटका अनुसार बुधबार बिहान चन्द्रागिरि नगरपालिका वडा नंं ३ थानकोटमा बसोबास गर्ने ५० वर्षीय गणेशमान थिङ मृत फेला परेका हुन् ।
थिङका परिवारले शव पहिचान गरि सनाखत गरेको प्रहरीले जनाएको छ ।
पार्कमा एक पुरुष मृत अवस्थामा भेटिएपछि प्रत्यक्षदर्शीले प्रहरीलाई खबर गरेपछि यो घटना सार्वजनिक भएको हो ।
मृतको शव पोष्टमार्टमका अस्पताल लगिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी वृत्त थानकोटले जनाएको छ ।
















