एम्बुलेन्स सेवा निर्देशिका पालना नगरे कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

थानकोट ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एम्बुलेन्स सेवा निर्देशिका २०८२ विपरीत एम्बुलेन्स सञ्चालन गरेमा कानुनी कारबाही हुने जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले कसैले एम्बुलेन्स सेवा निर्देशका पालना नगरे कानुनीबमोजिम कारबाही गर्ने बताए ।

मन्त्रालयले एम्बुलेन्स सेवाको  सञ्चालनलाई प्रभावकारी, व्यवस्थित, मितव्ययी तथा सेवाग्राहीमैत्री बनाउन निर्देशिका जारी गरेको छ । उक्त निर्देशिकाअनुसार सबै एम्बुलेन्स सेवाहरू प्रेषण केन्द्रमा आबद्ध भई सञ्चालन गर्नुपर्ने छ ।

प्रवक्ता डा. बुढाथोकीले उक्त निर्देशिकाविपरीत बिरामी वा घाइतेलाई एक स्वास्थ्य संस्थाबाट अर्को स्वास्थ्य संस्थामा प्रेषण गर्दा केही एम्बुलेन्सले आर्थिक प्रलोभनमा पारी बिरामीको इच्छा वा अस्पतालको प्रेषण वा प्रेषण केन्द्रको निर्देशनबिना निजी तथा महँगो अस्पतालमा लैजाने गरेको गुनासो मन्त्रालयमा आएको बताए ।

मन्त्रालयमा प्राप्त उजुरीमाथि छानबिन गरी कारबाही गरिने उनको भनाइ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *