एमाले काठमाडाैं जिल्लाबाट समानुपातिक उम्मेदवारको सूची पेश, चन्द्रागिरिबाट यी नाम समेटिए
थानकोट ।
नेकपा एमाले काठमाडाैं जिल्ला कमिटिले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक तर्फ उम्मेदवारको सूची सार्वजनिक गरेको छ ।
सो पार्टीका जिल्ला अध्यक्ष दिपक निराैलाले आइतबार बिहान सो सूची सार्वजनिक गरेका हुन् ।
सार्वजनिक सूची अनुसार विभिन्न क्लष्टरका ७१ जनाको नाम केन्द्रमा पठाइएको हो ।
पुस ७ गते सो पार्टीको जिल्ला कमिटि सचिवालयको जुम बैठकमा भएको छलफल पछि यो सूची बनाइएको अध्यक्ष निराैलाले जानकारी दिए ।
सूचीमा चन्द्रागिरि नगरका दर्जनाैं नेताको नाम समेटिएको छ ।

















