‘नेकपा एस’बाट काठमाडाैं क्षेत्र नं. १० मा प्रत्यक्षतर्फ भाइकृष्ण बलामीसहित चार जना सिफारिस
थानकोट ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधि सभा निर्वाचनको लागि प्रत्यक्षतर्फ उम्मदेवारहरूको सूची संकलनको क्रम तिव्र बनाएको छ ।
सो पार्टीका क्षेत्रीय कमिटीहरूले आकांक्षीहरूले नाम जिल्ला कमिटिमा बुझाइरहेको नेकपा स्रोतले जानकारी दियो ।
जसअनुसार काठमाडाैं क्षेत्र नंं १० बाट तत्कालीन नेकपा समाजवादीले सूची बुझाएको हो ।
सूचीमा उल्लेख भएअनुसार तत्कालीन नेकपा समाजवादीबाट काठमाडाैं क्षेत्र नं. १० बाट प्रत्यक्षतर्फ भाइकृष्ण बलामी, अशोक थापा, बालाजी खाती, अमीर श्रेष्ठको नाम सिफारिस गरेको छ ।
यस्तै, नेकपा माओवादीमा भने आकांक्षीहरूको नाम टुंगो लागि नसकेको बुझिएको छ । सो पार्टीबाट कम्तीमा पाँच जनाको नाम जिल्लामा पुग्ने बुझिएको छ ।
पार्टी एकतापछि समन्वयात्मक कार्यमा विलम्ब भएपछि यी दुई पार्टीले छुट्टाछुटै सूची बुझाउने तयारी गरेका हुन् ।
नेपाली कम्युनिष्ट पार्टीको समानुपातिक तर्फका उम्मेदवारहरूको सूची भने यसअघि नै सार्वजनिक भइसकेको छ ।
नेपाली कम्युनिस्ट पार्टीको समानुपातिक सूची पेश, चन्द्रागिरिका केही नामपनि समेटिए
















