चन्द्रागिरि हिल्सको १६औँ वार्षिक साधारण सभा सम्पन्न, पारित भए यस्ता निर्णय
थानकोट ।
चन्द्रागिरि हिल्स लिमिटेडले १६औँ वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ ।
सााधारणसभाले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण (वासलात, नाफा-नोक्सान तथा नगद प्रवाह विवरण) सम्बन्धी प्रस्ताब पारित गरेको छ ।
सभाले कम्पनीले आर्थिक वर्ष २०८१/०८२ को नाफाबाट चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
बोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ ०.२६३२ प्रतिशतका दरले नगद लाभांश पनि वितरण गरिने कम्पनीले जनाएको छ।
त्यस्तै, विशेष प्रस्तावअन्तर्गत सञ्चालक समितिमा स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन भएको छ भने बोनस शेयर वितरणपछि कायम हुने चुक्ता पूँजीको १:१ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव, कम्पनीको प्रवन्धपत्र तथा नियमावली संशोधन, सञ्चालक समितिलाई आवश्यक अख्तियारी प्रदान गर्ने पनि पारित गरेको छ ।
यसैगरी, सञ्चालक समितिका सदस्यहरुलाई प्रदान गरिने सेवा सुविधा सम्बन्धी प्रस्ताव तथा प्रभु बैंक लिमिटेडबाट नयाँ परियोजना निर्माणका लागि लिइएको कर्जा अनुमोदन गर्ने विषय पनि साधारण सभाले पारित गरेको छ ।
यस्तै, केबलकारको टिकट खरिदमा चन्द्रागिरि, थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकाका स्थानीयबासीले ५० प्रतिशत छुट उपलब्ध गराउने बारेमा समेत साधारणसभाले निर्णय गरेको छ ।
माघ १ बाट चन्द्रागिरि नगरका स्थानीयले चन्द्रागिरि केबलकारको टिकटमा ५० छुट* पाउने















