प्रतिनिधि सभा सदस्य निर्वाचनः मिलन पाण्डे काठमाडौं क्षेत्र नं. ९ बाट चुनाव लड्ने

Thankot Times

थानकोट ।

विवेकशील नेपाली अभियानका पूर्वअध्यक्ष मिलन पाण्डेले आगामी प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नं. ९ बाट उमेदवारी दिने भएका छन् ।

यसअघि ०७४ र ०७९ सालमा पनि पाण्डेले यही क्षेत्रबाट उमेदवारी दिएका थिए । उनी उज्वल थापासँगै विवेकशील नेपाली दलका संस्थापक नेतामध्ये एक हुन् ।

शिक्षा, उद्यम, युवाको सशक्तीकरण तथा वैकल्पिक राजनीतिमा सक्रिय पाण्डेले नेपाली राजनीतिमा नयाँ संस्कार, पारदर्शिता र उत्तरदायित्व स्थापित गर्ने मुद्दामा उठाउँदै आएका छन् ।

क्षेत्र न. ९ मै जन्मेहुर्केका पाण्डे शिक्षा नीति र उद्यम क्षेत्रमा सक्रिय छन् ।

पार्टीबाट उम्मेदवारी दिने वा स्वतन्त्र उम्मेदवारी दिने विषयमा छलफल भइरहेको उनी निकट एक नेताले बताए ।

यो निर्वाचन क्षेत्रमा काठमाडौं महानगरपालिकाको १२, १४, २१ र २२ नं वडा पर्छन् भने चन्द्रागिरि नगरपालिकाको वडा नं १, १२, १३, १४ र १५ पर्छन् भने नागार्जुन नगरपालिकाको वडा नं ६, ७, ८, ९ र १० पर्छन्।

२०७९ सालमा सम्पन्न निर्वाचनमा नेकपा एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठ विजयी हुँदा रास्वपाका टेकबहादुर पोखरेल दोश्रो, तत्कालीन गठबन्धनकी उम्मेदवार कल्पना धमला तेस्रो, राप्रपाका देवेन्द्र प्रधान चाैथो स्थानमा थिए ।

पाण्डे २०७९ को चुनावमा यही क्षेत्रमा उम्मेदवार बनेका थिए ।

प्रतिनिधि सभा सदस्य निर्वाचनः काठमाडाैं क्षेत्र नं. ९ बाट स्वतन्त्र उम्मेदवारी दिँदै आशिका तामाङ !

प्रतिनिधि सभा सदस्य निर्वाचनः रास्वपाबाट काठमाडाैं क्षेत्र नं. ९ मा डीपी अर्याल सिफारिस


Leave a Reply

Your email address will not be published. Required fields are marked *