राजन केसीसहितका ३० जना केन्द्रीय सदस्य कांग्रेस विशेष महाधिवेशनमा सहभागी हुने

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजन केसीले आफूहरु विशेष महाधिवेशनमा सहभागी हुने बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफूसहित संस्थापन समूहका ३० जना केन्द्रीय सदस्यबीच विशेष महाधिवेशनमा जाने सहमति बनेको बताएका हुन् ।

‘हामी केन्द्रीय सदस्य हामी ३० जना संस्थापन पक्षधरको छलफल छ । यसलाई हामी पार्टी फुटाउने अवस्था हामी सिर्जना गर्दैनौं । पार्टीलाई एक ढिक्का बनाएर फागु्न २१ को निर्वाचन र आगामी वैशाखमा हुने पार्टीको १५औं महाधिवेशनतिर लाने प्रयास हामी गर्छौं,’– उनले भने ।

नेता केसीले विशेष महाधिवेकशनले नेतृत्व भने परिवर्तन गर्न नसक्ने बताए । उनले विशेष महाधिवेशन फरक परिस्थितिमा हुन लागेको बताउँदै यो नेगोसेशनबाट टुङ्गिने दाबी गरे । उनले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको मागलाई पनि सम्मान गर्दै आफूहरुले सबैलाई मिलाएर अगाडि बढाउने बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *