प्रतिनिधि सभा सदस्य निर्वाचनः काठमाडाैं १० मा राप्रपाबाट बलराम थापाले पाए टिकट

Thankot Times

थानकोट ।

राप्रपाले काठमाडौंका चारवटा निर्वाचन क्षेत्रबाहेक अन्य क्षेत्रमा उमेदवार टुंगो लगाएको छ ।

राप्रपा शीर्ष नेताको बैठकले टुंगो लगाएको स्रोतले जानकारी दियो । राप्रपाका एक नेताले दिएको जानकारीअनुसार अध्यक्ष राजेन्द्र लिङदेन झापा ३ मा उमेदवार बन्नेछन् ।

कमल थापा काठमाडौं ५, बुद्धिमान तामाङ धादिङ २ र विक्रम पाण्डे चितवन ३ मा उमेदवार बन्ने टुंगो लागेको हो ।

त्यसैगरी काठमाडौं ३ मा सुन्दरसिंह बोहरा, ४ मा डा. सुरेन्द्र भण्डारी, ६ मा उद्धवराज भेटवाल, ८ मा नवीन शाही र १० मा बलराम थापाको उमेदवारी टुंगो लागेको स्रोतले जानकारी दियो ।

थापा २०७९ को निर्वाचनमा पनि यही क्षेत्रमा उम्मेदवार बनेका थिए । सो बखत उनले ६९५९ मत प्राप्त गरेका थिए ।

अन्य क्षेत्रमा उम्मेदवार टुंगो लगाउने क्रम जारी रहेको बुझिएको छ ।

यस निर्वाचन क्षेत्रमा ८३ हजार ३ सय एक जना मतदाता रहेका छन् । यस क्षेत्रअन्तर्गत चन्द्रागिरि नगरपालिकाको वडा नम्बर २, ३, ४, ५, ६, ७, ८, ९, १० र ११ गरि दश वटा वडा, कीर्तिपुर नगरपालिकाको १० वटै वडा र दक्षिणकाली नगरपालिकाको ९ वटै वडा गरि २९ वटा वडा पर्दछन् । 

४७ मतदान स्थल रहेको काठमाडौं क्षेत्र नम्बर १० मा ९८ वटा मतदान केन्द्र रहनेछन् । २०७९ को चुनावमा नेपाली काँग्रेसका उम्मेदवार राजेन्द्रकुमार केसी पहिलो हुँदा नेकपा एमालेका हिमेश केसी दोश्रो, रास्वपाका प्रदिप विष्ट तेस्रो बनेका थिए । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *