प्रतिनिधि सभा सदस्य निर्वाचनः काठमाडाैं १० मा रास्वपाबाट प्रदिप विष्टले पाए टिकट
थानकोट ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गएरातिदेखि टिकट वितरण गरिरहेको छ ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति उमेदवार टुंगो लागेका निर्वाचन क्षेत्रको टिकट वितरण भइरहेको हो ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार सत्तापलट भएपछि देशभर भोलि (माघ ६ गते) मनोनयन दर्ता हुँदै छ ।
काठमाडौं क्षेत्र नं १० मा रास्वपा काठमाडौं जिल्ला सभापति प्रदिपा विष्टले टिकट पाएका छन् ।
उनी २०७९ सालमा पनि यही क्षेत्रमा उम्मेदवार बनेका थिए ।
















