काँग्रेसको ह्याट्रिक जितमा ‘ब्रेक’ लगाउन काठमाडौं १० मा एमालेका विनोद श्रेष्ठको उम्मेदवारी
थानकोट ।
काठमाडाैं क्षेत्र नम्बर १० मा एमाले केन्द्रीय सदस्य विनोद श्रेष्ठले आज उम्मेदवारी दर्ता गराएका छन् ।
उनी एमालेनिकट मजदुर सङ्गठन जिफण्टका राष्ट्रिय अध्यक्ष पनि हुन् ।
उम्मेदवारी दर्ता गरेपछि पत्रकारहरूसँग बोल्दै श्रेष्ठले नेपाली कांग्रेसको निरन्तरतालाई रोक्ने दाबी समेत गरे ।
यसपालि नेपाली कांग्रेसले भने राजन केसीको ठाउँमा हिमाल कार्की अघि सारेका छन् ।
त्यसै गरी, नेपाली कम्युनिस्ट पार्टीबाट रूपा महर्जन र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टले पनि काठमाडाैं-१० मा उम्मेदवारी दर्ता गरेका छन् ।
उम्मेदवारी दर्ता गर्नु अघि श्रेष्ठको समर्थनमा स्थानीय कार्यकर्ता, श्रमिक र सांस्कृतिक कर्मीहरूले झाँकी सहित कीर्तिपुर बजार परिक्रमा गरेका थिए ।
विनोद श्रेष्ठ चन्द्रागिरि नगरपालिका-४ थानकोट निवासी हुन् ।
श्रमजिवीवर्गसँग लामो सम्पर्क र स्थानीय समुदायसँग निकट सम्बन्ध रहेका विनोद श्रेष्ठलाई एमालेले रणनीतिक उम्मेदवारका रूपमा अघि सारेको बुझिएको छ ।
















