काठमाडौं क्षेत्र नं ९ मा २ जनाको मनोनयन फिर्ता

Thankot Times

थानकोट ।

प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि माघ ६ गते उम्मेदवारी दिएकामध्ये देशभरबाट ४९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

शुक्रबार निर्वाचन आयोगले पत्रकार सम्मेलनमा गर्दै यसबारे जानकारी दिएको हो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार ४९ जनाले उम्मेदवारी फिर्ता लिएको जानकारी दिए।

साथै ५ जना उम्मेदवारविरूद्ध दाबी विरोध परेको र त्यसमध्ये एक जनाको उम्मेदवारी खारेज भएको आयोगले जनाएको छ ।

आयाेगका अनुसार नागरिक उन्मुक्ति पार्टी नेपालका रेशमलाल चाैधरीकाे उम्मेदवारी खारेज भएकाे हाे ।

काठमाडौं क्षेत्र नं. ९ मा दुई जनाले उमेदवारी फिर्ता लिएका छन् । जसमा शैलेशरत्न शाक्य र बसन्त कुमार खत्रीले उमेदवारी फिर्ता लिएका हुन् । उनीहरू दुवै जनाले स्वतन्त्र उमेदवारी दिएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *