श्रीपञ्चमीका दिन मङ्गलोदय माविको बाल विकास कक्षामा छोराछोरीको नाम दर्ता गर्न धुइरो

Thankot Times

थानकोट।

विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी आज (शुक्रबार) श्रीपञ्चमी पर्व मनाइएको छ।

माघ शुक्ल पञ्चमीका दिन मनाइने यो पर्वलाई वसन्त पञ्चमी पनि भनिन्छ ।

आजको दिन विद्यार्थीले आफ्नो पुस्तक, कलम र वाद्ययन्त्रलाई सरस्वतीको प्रतीकको रुपमा पूजा गर्छन् । विद्यालय जाने उमेर पुगेका बालबालिकालाई आजकै दिनदेखि अक्षराम्भ गराउने प्रचलन रहेको छ ।

यस दिन विद्याकी देवी सरस्वतीको महिमा गाउँदै विद्यार्थी, संगीत साधक, साहित्यकार, कलाकार, पत्रकार र शिक्षकहरूले आ-आफ्ना कला-साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा-आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् ।

आजको दिन बालबालिकाहरुलाई अक्षर आरम्भ गराउने चलन भएकाले अभिभावकहरु बालबालिकालाई लिएर मन्दिर पुगेका छन् । बालबालिकाले मन्दिरका भित्ता र वरपर चकले लेखेर अक्षरारम्भ गरेका छन् ।

सरस्वती पूजाको अवसरमा चन्द्रागिरिका सरस्वतीथानमा अक्षरारम्भ (तस्बिरहरू)

श्रीपञ्चमीका अवसरमा थानकोटस्थित मङ्गलोदय माविमा बाल विकास कक्षाको नयाँ भर्नाका लागि भीड देखिएको छ ।

विद्यालयका प्रधानाध्यापक कवीन्द्र गोपालीका अनुसार लागि करिब ७२ जना बालबालिका बाल विकास कक्षामा नयाँ भर्ना गरिएका छन् ।

अंग्रेजी माध्यमबाट समेत अध्ययन अध्यापन हुने सो विद्यालयको कक्षा १० सम्म हाल करिब १ हजार ५ सय विद्यार्थीहरू अध्ययनरत छन् ।

मङ्गलोदय माविको कक्षा ६ देखी १० सम्म नयाँ भर्ना हुन चाहने विद्यार्थीले अनिवार्य रुपमा प्रवेश परिक्षा दिनुपर्ने प्रावधान छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *