सुनको मूल्यमा गिरावट

Thankot Times

थानकोट ।

नेपाली बजारमा सुनको घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार (माघ २२) मा सुनको मूल्य प्रतितोला नौ हजार ५ सय रुपैयाँले घटेको हो ।

यससँगै आज बिहीबार सुनको मूल्य प्रतितोला दुई लाख ९५ हजार २ सय रुपैयाँ कायम भएको छ ।

सुनको भाउ हिजो बुधबार प्रतितोला तीन लाख चार हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बिहीबार चाँदीको भाउ तोलामा ६ सय २० रुपैयाँले घटेको छ ।

यस दिन चाँदी प्रतितोला चार हजार ९ सय ८० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

हिजो चाँदीको भाउ प्रतितोला पाँच हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *