सुनको मूल्य बढ्यो
थानकोट ।
नेपाली बजारमा सोमबार (माघ २६ गते) सुनको मूल्य बढेको छ ।
यस दिन सुनको मूल्य तोलामा ४ हजार १ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आजको मूल्यअनुसार सुन प्रतितोला तीन लाख चार हजार ६ सय रुपैयाँ कायम भएको छ ।
आइतबार (माघ २५) मा सुनको मूल्य प्रतितोला तीन लाख ५ सय रुपैयाँ थियो ।
त्यसैगरी, चाँदी तोलामा २ सय ४० रुपैयाँले बढेर प्रतितोला पाँच हजार २ सय ५० रुपैयाँ तोकिएको छ ।
अघिल्लो दिन भने चाँदी प्रतितोला पाँच हजार १० रुपैयाँमा कारोबार भएको थियो ।
















