नेपाली बजारमा सुनको मूल्य बढ्यो, चाँदीको मूल्य घट्यो

Thankot Times

थानकोट ।

नेपाली बजारमा आज मंगलबार (माघ २७ गते) सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको भाउ तोलामा अघिल्लो दिनको तुलनामा ९ सय रुपैयाँले बढेको हो ।

मंगलबार सुनको मूल्य प्रतितोला तीन लाख पाँच हजार ५ सय रुपैयाँ कायम भएको छ ।

सोमबार (माघ २६) मा सुनको मूल्य प्रतितोला तीन लाख चार हजार ६ सय रुपैयाँ थियो ।

त्यसैगरी, चाँदीको मूल्य सामान्य घटेको छ ।

अघिल्लो दिन भने पाँच हजार २ सय ५० रुपैयाँ रहेको सुन आज पाँच हजार २ सय ४० रुपैयाँ तोकिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *