सुनको भाउ फेरि उकालो लाग्यो

Thankot Times

थानकोट ।

नेपाली बजारमा बुधबार (माघ २८गते) सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा ११ सय रुपैयाँले बढेको हो ।

आजको मूल्य प्रतितोला तीन लाख ६ हजार ६ सय रुपैयाँ तोकिएको छ ।

हिजो तीन लाख पाँच हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेको छ ।

अघिल्लो दिन प्रतितोला पाँच हजार २ सय४० रुपैयाँमा कारोबार भएको चाँदी यस दिन पाँच हजार २ सय ९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *