महाशिवरात्रीको साँझ चन्द्रागिरि केबलकारको टिकटमा ५० प्रतिशत छुट, साँझ महाआरती
थानकोट ।
महाशिवरात्री पर्वका अवसरमा चन्द्रागिरि केबलकारको टिकटमा ५० प्रतिशत छुट हुने भएको छ ।
महाशिवरात्रीका दिन साँझ ४ बजेपछि हुने केबलकारको टिकट खरिदमा ५० प्रतिशत छुट पाइने कम्पनीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
भालेश्वरस्थित महादेव मन्दिरका पुजारी विदुर न्याैपानेले दिएको जानकारी अनुसार महाशिवरात्रीको साँझ ५ बजे मन्दिर परिसरमा विशेष आरती समेत आयोजना हुनेछ । सो क्रममा पोखराको चर्चित युवा भजन समूहले दिव्य भजन प्रस्तुति दिने तयारी भएको बताइएको छ ।
यस वर्ष फागुन ३ गते आइतबार महाशिवरात्री पर्व मनाइँदैछ ।

















