विदेश पठाउँछु भन्दै ठगी गरेको आरोपमा समातिए महेश
थानकोट ।
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी हङ्गेरी पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिकामा बस्दै आएका दोलखाका महेश तामाङ रहेका छन् ।
अभियुक्तले एक जना पीडितबाट रु तीन लाख ठगेको उजुरीका आधारमा उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँ महानगरपालिका–१२ बाट शुक्रबार पक्राउ गरेको हो ।
निजलाई कारबाहीका निम्ति वैदेशिक रोजगार विभागसमक्ष पेश गरिएको छ ।

















