सुनको भाउ घट्यो, चाँदीको भाउ बढ्यो

Thankot Times

थानकोट ।

नेपाली बजारमा मंगलबार (फागुन ५) सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा ९ सय रुपैयाँले घटेको हो ।

आजका लागि प्रतितोला तीन लाख एक हजार ९ सय रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

अघिल्लो दिन तीन लाख दुई हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर चार हजार ८ सय ८५ रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन चार हजार ८ सय ६० रुपैयाँ थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *