चोरीको स्कुटरसहित कीर्तिपुरबाट समातिए दुईजना युवा

Thankot Times

थानकोट ।

प्रहरीले चोरीका दुई स्कुटरसहित चार जनालाई पक्राउ गरेको छ ।

प्रहरीले काठमाडौंको कीर्तिपुर र बूढानीलकण्ठ क्षेत्रबाट उनीहरूलाई चोरीका सवारी साधनसहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार गत फागुन २ गते कीर्तिपुर नगरपालिका-१० गुरुङ टोलबाट सन्तोष विष्ट र धर्मेन्द्र खडायतलाई बागमती प्रदेश ०२-०१८ प ७९३६ नम्बरको एनटर्क स्कुटरसहित नियन्त्रणमा लिइएको हो ।

त्यस्तै, फागुन ४ गते बुढानिलकण्ठ नगरपालिका-२ वासिक क्षेत्रमा चेकजाँचका क्रममा भक्तपुरको ठिमी क्षेत्रबाट चोरी भएको बा ६४ प ३७५५ नम्बरको डिओ स्कुटरसहित रबिन परियार र निर्मल परियार पक्राउ परेका हुन्।

पक्राउ परेका चारै जनालाई आवश्यक कारबाही प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ