सितापाईलाबाट १ हजार किलो सुपारी बरामद, एक जना पक्राउ

Thankot Times

थानकोट ।

काठमाडौँको सितापाईलाबाट प्रहरीले १ हजार किलो सुपारी बरामद गरेको छ ।

बिहीबार प्रहरी वृत्त स्वयम्भुबाट खटिएको प्रहरीले सुपारी बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए।

सुपारी लोड भएको बा.प्र.–०२–०२५ च ०३९७ नम्बरको गाडीका चालक धादिङ घर भएका राम शरण बिसुन्केलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

२२ वर्षीय बिसुन्केले ल्याएको सुपारीको बिल बिजक नभेटिएको एसपी भट्टराईले बताए ।

उनलाई सुपारीसहित प्रहरीले विमानस्थल भन्सार कार्यालयमा पठाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ