साताको पहिलो कारोबार दिन नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो

Thankot Times

थानकोट ।

यो साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार (फागुन १०) सुन तोलामा ५ हजार ६ सय रुपैयाँले बढेको हो ।

आज प्रतितोला तीन लाख १० हजार ३ सय रुपैयाँमा किनबेच गर्न सकिनेछ ।

गत शुक्रबार प्रतितोला तीन लाख चार हजार ७ सय रुपैयाँ थियो ।

यस्तै, चाँदीको भाउ तोलामा ३ सय ७५ रुपैयाँले बढेको छ ।

शुक्रबार पाँच हजार ५० रुपैयाँ तोलामा कारोबार भएको चाँदी यस दिन पाँच हजार ४ सय २५ रुपैयाँ कायम भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *