सुनचाँदीको भाउ बढ्यो
थानकोट ।
नेपाली बजारमा आज सोमबार सुनको भाउ अघिल्लो कारोबार दिनको तुलनामा बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस (फागुन ११) सुनको मूल्य तोलामा ३ हजार २ सय रुपैयाँले बढेको हो ।
अघिल्लो दिन सुन प्रतितोला ५ हजार ६ सयले बढेर तीन लाख १० हजार ३ सय रुपैयाँ कायम भएको थियो ।
आजको भाउअनुसार उपभोक्ताले एक तोला सुन किन्न तीन लाख १३ हजार ५ सय रुपैयाँ खर्चिनुपर्ने हुन्छ ।
यस्तै, चाँदीको भाउ सोमबार तोलामा १ सय ७० रुपैयाँले बढेर प्रतितोला पाँच हजार ५ सय ९५ रुपैयाँ पुगेको छ ।
आइतबार चाँदी प्रतितोला पाँच हजार ४ सय २५ रुपैयाँमा किनबेच भएको थियो ।


















