एन्फाको प्रस्टीकरण- साम्बाको उपचारका लागि सहजीकरण भइरहेको छ

Thankot Times

थानकोट ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपालको अन्तर्राष्ट्रिय खेलाडी साबित्रा भण्डारी साम्बाको उपचारको लागि सक्दो प्रयास भइरहेको जनाएको छ । एन्फाका प्रवक्ता सुरेश शाहले विज्ञप्तिमार्फत एन्फाले साम्बाको उपचारमा सहयोग गर्ने प्रस्ट पारेका छन् ।

एन्फाले साम्बाको सम्बन्धित क्लबसँग पत्रचार गरी उनको उपचारको बारेमा भएका सम्झौताबारे अध्ययन र छलफल गरी उपचारमा कुनै कमी नआउनेगरी हरसम्भव प्रयास तथा पहल गर्ने जानकारी गराउदछौँ, विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय टोलीको कप्तानलाई परेको यो पीडामा एन्फा परिवार पूर्ण रूपमा साथमा रहेको र उहाँलाई यथाशीघ्र मैदानमा फर्काउन प्रतिबद्ध रहेको जानकारी गराउँदछौँ ।’

साम्बाको सामाजिक सञ्जालमा आएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको एन्फाले उल्लेख गरेको छ । आज दिउँसो साम्बाले उपचारका लागि आर्थिक सहयोग गरिदिन सार्वजनिक अपिल गर्दै एन्फाले सहयोग नगरेको गुनासो गरेकी थिइन् ।

एन्फाले व्यवसायिक क्लब फुटबलमा कुनै पनि खेलाडी घाइते भए निजको उपचारको जिम्मा क्लबकै रहने अन्तर्राष्ट्रिय प्रचलन रहेको बताएको छ ।

विगतमा राष्ट्रिय महिला खेलाडीहरू प्रिती राई, दीपा शाही, हिरा भुजेल, गीता राना, पुनम जर्घा मगर, रेनुका नगरकोटी, सविता राना मगरलगायतका खेलाडीहरूको सम्पूर्ण उपचार खर्च एन्फाले नै व्योहोरेको र ती खेलाडीहरू हाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रर्दशन गरेको पनि एन्फाले स्पष्ट पारेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *