विद्यावारिधी गरेका सहित नगरमा ख्याति कमाएका महिलाहरूको सम्मान गर्दै चन्द्रागिरि नगरपालिका
थानकोट ।
११६औं अन्तरार्ष्ट्रिय नारी दिवसका अवसरमा चन्द्रागिरि नगरपालिकाले महिला अधिकार क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने लब्धप्रतिष्ठित महिलाहरुलाई सम्मान गर्ने भएको छ ।
चन्द्रागिरि नगरपालिकाले महिला अधिकारका क्षेत्रमा कम्तीमा २० वर्षको अनुभव हासिल गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संयन्त्रमा आवद्ध भएको, सरकारी सेवाको उपसचिव वा सो भन्दा माथिल्लो पदमा कार्यरत वा पदबाट सेवा निवृत्त भएका कर्मचारी, समाज सेवामा २० वर्ष समर्पित भई प्रतिष्ठित पद हासिल गरेका, विद्यावारिधि हासिल गरेको महिला, विगत पाँच वर्षदेखि आफ्नै व्यवसाय सञ्चालन गरी कम्तीमा पाँच जना महिलाहरुलाई रोजगारी प्रदान गरिरहेका व्यवसायी/उद्यमी महिलालाई सम्मान गरिने जनाएको छ ।
यसका लागि नागरिकताको प्रतिलिपि, बसाईसराई वा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि, विषयविज्ञता खुल्ने वा सेवा प्रमाणित कागजातको प्रतिलिपि, व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि र महिला रोजगारहरुको नियुक्तिप्रति आवश्यक हुने सूचनामा जनाइएको छ ।
सम्मान प्राप्त गर्न ग्राह्य हुने महिलाहरूले फागुन १८ गतेभित्र नगरपालिका कार्यालयमा विवरण उपलब्ध गराउन सक्नेछन् ।
सूचना हेराैैः


















