कीर्तिपुरबाट समातिए २३ वर्षीय युवा
थानकोट ।
कीर्तिपुर नगरपालिका-१० बाट एक जना युवा समातिएका छन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार नियन्त्रित लागूऔषध ट्रामाडोल ५५ ट्याब्लेट, स्पास्पेन ८ ट्याब्लेट र अवैध लागूऔषध गाँजा करिब ५ ग्राम सहित काठमाडौं बागबजार बस्ने डोटी घर भएका २३ वर्षीय सुवास खड्कालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले स्कुटरमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

















