श्रीमान-श्रीमती झुण्डिएको अवस्थामा मृत फेला
थानकोट ।
सर्लाहीको बलरा नगरपालिका-१० सुदामा बस्ने अन्दाजी ६० वर्षीय भनु महतो र निजकी श्रीमती अन्दाजी ५६ वर्षीया निर्मला देवी घरबाट करिब ५ सयमिटर उत्तर-पश्चिममा रहेको गोठघरको बाँसको बलोमा प्लाष्टिकको डोरीले पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
स्थानीयले शनिबार बिहान करिब ८ बजेको समयमा घटना देखेपछि इलाका प्रहरी कार्यालय, गडहिया लाई जानकारी गराएका थिए ।
सूचना प्राप्त हुनासाथ प्रहरी निरीक्षक कैलाश चौधरी को कमाण्डमा पाँच जना प्रहरी टोली घटनास्थलमा पुगेको थियो । साथै जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरीको फरेन्सिक टोलीसमेत परिचालन गरी अनुसन्धान सुरु गरिएको सर्लाही प्रहरी प्रवक्ता एवं डिएसपी सरोज राईले जानकारी गराएका छन् ।
मृतक दम्पतीले किन आत्महत्या गरेका हुन् , भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । भने घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको सर्लाही प्रहरीले जनाएको छ ।

















