चेकपोष्टस्थित हाइभिजन कोलोनी क्षेत्रमा भेटिएको शंकास्पद वस्तु फोहोरको झोला भएको पुष्टि

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-०५ चेकपोष्ट वाणस्थलीस्थित हाइभिजन कोलोनी क्षेत्रमा मंगलबार साँझ भेटिएको शंकास्पद वस्तु फोहोरको झोला भएको पुष्टि भएको छ ।

स्थानीयले एक घरको छेउमा शंकास्पद झोला देखेपछि सुरक्षाकर्मी गुहारेका थिए ।

पछि नेपाली सेनाको टोलीले उक्त वस्तु फोहोरको झोला भएको पत्ता लगाएको थियो ।

निर्वाचनको माहोलका बीच चोकमा शंकास्पद वस्तु भेटिएपछि केही बेर सो क्षेत्रमा अवस्था तनावपूर्ण बनेको थियो ।

यस घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

घर वरपर कतै शंकास्पद वस्तु भेटिएमा तुरुन्तै नजिकैको प्रहरीलाई खबर गर्न सुझाइएको छ ।

हाइभिजन कोलोनी क्षेत्रमा शंकास्पद वस्तु भेटियो, घटनास्थलमा सुरक्षाकर्मी परिचालन (अपडेट)


Leave a Reply

Your email address will not be published. Required fields are marked *