सुनको मूल्य एकैदिन तोलामा ११ हजार रुपैयाँ घट्यो
थानकोट ।
नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ ।
नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार (फागुन २०) सुनको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा ११ हजार रुपैयाँ घटेको हो ।
आजका लागि सुनको भाउ प्रतितोला तीन लाख १७ हजार ६ सय रुपैयाँ तोकिएको छ ।
हिजो मंगलबार सुन प्रतितोला तीन लाख २८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, चाँदीको भाउ तोलामा २ सय ७५ रुपैयाँले घटेर पाँच हजार ५ सय ४० रुपैयाँ कायम भएको छ ।
हिजो मंगलबार चाँदी प्रतितोला पाँच हजार ८ सय १५ मा कारोबार भएको थियो ।















