काठमाडाैं क्षेत्र नंं १० मा १६% मतगणना हुँदा रास्वपा निकै अगाडी, काँग्रेस दोश्रो, राप्रपा तेस्रो

Thankot Times

थानकोट ।

प्रतिनिधि सभा सदस्यका लागि बिहीबार भएको निर्वाचनको मतगणना जारी छ ।

काठमाडाैं क्षेत्र नं. १० मा रास्वपाका उमेदवार प्रदिप विष्टले सुरुवात देखी नै अग्रता फराकिलो बनाउँदै लगेको विवरण छ ।

हालसम्म गणना भएको ९४७१ मत मध्ये विष्टले ५७६५ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका हिमाल कार्कीले १०७८ मत ल्याएका छन् ।

यस्तै, राप्रपाका बलराम थापाले ९५३ मत पाउँदा नेकपा एमालेका विनोद श्रेष्ठले ७३१ मत पाएका छन् । नेकपाकी रूपा महर्जनले १७२ मत पाएकी छन् ।

अहिले दक्षिणकाली नगरपालिका क्षेत्रको मत गणना भइरहेको बताइएको छ ।

दक्षिणकाली र कीर्तिपुर नगरका सबै क्षेत्र तथा चन्द्रागिरि नगरका १० वडा रहेको काठमाडाैं क्षेत्र नं. १० मा ६०१५१ मत खसेको निर्वाचन आयोगले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *