काठमाडाैं क्षेत्र नंं १० का २९ वटै वडामा रास्वपा पहिलो, ६ जना उमेदवारले १० भोट पनि ल्याएनन्
थानकोट ।
काठमाडौं क्षेत्र नं १० बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रदिप विष्ट विजयी भएका छन् । उनी ३७४६९ मत प्राप्त गरी विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।
निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका हिमाल कार्कीले ८१०० मत प्राप्त गरे ।
यस्तै नेकपा एमालेका विनोद श्रेष्ठले ४८६४ मत प्राप्त गरे । नेकपाकी रूपा महर्जनले २६४८ मत पाउँदा राप्रपाका बलराम थापाले २२३९ मत प्राप्त गरे ।
निर्वाचित विष्ट र निकटतम प्रतिद्वन्द्वी कार्की बाहेक अन्य उमेदवारको जमानत जफत भएको छ ।
दक्षिणकाली नगरपालिकामा खसेको सदर मत १२५९१ मध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले ७२६७ मत प्राप्त गरेको छ ।
रास्वपाले यहाँका सबै ९ वटै वडामा सबैभन्दा बढी मत पाएको हो ।
यस नगरपालिकामा नेपाली काँग्रेसले १७४३ मत पाउँदा नेकपा एमालेले १०६५ मत प्राप्त गरेको छ ।
कीर्तिपुर नगरपालिकामा खसेको सदर मत मध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले १५९१८ मत प्राप्त गरेको छ ।
रास्वपाले यहाँका सबै १० वटै वडामा सबैभन्दा बढी मत पाएको हो ।
यस नगरपालिकामा नेपाली काँग्रेसले ३८५६ मत पाउँदा नेकपा एमालेले १६३३ मत प्राप्त गरेको छ ।
चन्द्रागिरि नगरपालिकामा खसेको सदर मत मध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले १४२७३ मत प्राप्त गरेको छ ।
रास्वपाले यहाँका सबै १० वटै वडामा सबैभन्दा बढी मत पाएको हो ।
यस नगरपालिकामा नेपाली काँग्रेसले २४९० मत पाउँदा नेकपा एमालेले २१६४ मत प्राप्त गरेको छ ।



















