नेपाली बजारमा सुनको भाउ बढ्यो

Thankot Times

थानकोट ।

स्थानीय बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार (फागुन २७) सुनको मूल्य प्रतितोला २ हजारले बढेको हो ।

यस दिन उपभोक्ताले एक तोला सुन किन्न तीन लाख १९ हजार रुपैयाँ खर्चिनुपर्नेछ ।

अघिल्लो दिन प्रतितोला तीन लाख १७ हजार रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै, चाँदीको मूल्य स्थिर छ ।

अघिल्लो दिन पाँच हजार ७ सय२० रुपैयाँमा कारोबार भएकामा आज पनि सोही मूल्यमा कारोबार हुने महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ