नेपालमा सुनचाँदीको मूल्य घट्यो

Thankot Times

थानकोट ।

स्थानीय बजारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार (फागुन २८) सुनको मूल्य प्रतितोला २ हजारले घटेको हो ।

आजको मूल्यअनुसार सुन एक तोलाबराबर तीन लाख १७ हजार रुपैयाँ पर्नेछ ।

अघिल्लो दिन प्रतितोला तीन लाख १९ हजार रुपैयाँ रहेको थियो ।

यस्तै, चाँदीको भाउ तोलामा २ सय ५ रुपैयाँले घटेर पाँच हजार ५ सय १५ रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन पाँच हजार ७ सय २० रुपैयाँमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ