यी हुन् कांग्रेस, एमाले छाडेर रास्वपाबाट जित्ने २१ सांसद
थानकोट ।
यसपटक नेपाली कांग्रेस र नेकपा एमाले छाडेर रास्वपाबाट चुनाव लडेका जनप्रतिनिधिको सदनमा बाक्लो उपस्थिति देखिने भएको छ ।
फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा तत्कालीन ठूला दल कांग्रेस–एमाले छाडेर चुनाव भिडेकामध्ये २१ जनाले जित हासिल गरेका छन् ।
यीमध्ये कांग्रेस त्यागेर रास्वपाबाट चुनाव जित्नेहरू २० जना छन् । एमाले छाडेर रास्वपाबाट भिडेका एकजनाले मात्र चुनावमा विजय हात पारेका छन् ।
कांग्रेस त्यागेर रास्वपाबाट चुनाव जित्नेहरूमा सीताराम साह सप्तरी–४, गणेश धिमाल बारा–१, रामाकान्त चौरसिया पर्सा–३, राजेशकुमार चौधरी रौतहट–१, गणेश पौडेल रौतहट–४, श्रीराम न्यौपाने तनहुँ–२, विक्रम खनाल नवलपरासी–१ र माधव थापा पाल्पा–२, देवराज पाठक दाङ–१ र प्रदीप विष्ट काठमाडौं–१० रहेका छन् । विष्ट २०७९ सालमा कांग्रेस त्याग्दै रास्वपा प्रवेश गरेका थिए ।
कांग्रेस त्यागेर चुनावी प्रतिस्पर्धामा उत्रँदै जित हासिल गर्नेहरूको सूचीमा सागर भुसाल पर्वत–१, सुशील खड्का बाग्लुङ–१, उत्तमप्रसाद पौडेल कास्की–२, धनञ्जय रेग्मी स्याङ्जा–१, नरेन्द्र गुप्ता नवलपरासी–२, रमेशकुमार सापकोटा सुर्खेत–२, हरिमोहन भण्डारी बैतडी–१ र विक्रमसिंह थापा कपिलवस्तु–१ पनि रहेका छन् ।
एमाले छाडेर रास्वपाबाट चुनावमा प्रतिस्पर्धा गरेका रुकेश रञ्जितले नेमकिपाको किल्ला भत्काउँदै भक्तपुर–१ बाट जितेका छन् ।















