रास्वपा उपसभापति डीपी अर्यालको चुनावी खर्च १८ लाख ३० हजार

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्याल (डोलप्रसाद)ले गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा १८ लाख ३० रुपैयाँ खर्च भएको विवरण निर्वाचन आयोगलाई बुझाएका छन्।

प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडाैं क्षेत्र नं. ९ बाट उम्मेदवार बनेका उनले बिहीबार निर्वाचन आयोगमा निर्वाचन खर्च विवरण पेश गरेका हुन्।

पेश गरिएको विवरणमा कुल १८ लाख ३० हजार रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।

निर्वाचन सम्पर्क कार्यालय सञ्चालनका लागि सबैभन्दा धेरै ४ लाख ७० हजार रूपैयाँ खर्च देखाएका अर्यालले सवारी साधन तथा इन्धन शीर्षकमा ४ लाख ३० हजार रुपैयाँ खर्च भएको बताएका छन् । यस्तै प्रचार प्रसार सामाग्री प्रकाशनमा ३ लाख रुपैयाँ खर्च हुँदा खाना, खाजा, पानी लगायतमा २ लाख खर्च भएको अर्यालले पेश गरेको चुनावी खर्च विवरणमा उल्लेख छ । यसैगरी स्वयंसेवक परिचालनमा १ लाख ८० हजार रुपैयाँ खर्च हुँदा विविध शीर्षकमा ५५ हजार रुपैयाँ खर्च भएको छ । यस्तै सामाजिक सञ्जाल तथा छापा विज्ञापनमा उनले ७५ हजार खर्च भएको बताएका छन् ।
उनले मनोनयन दर्ताका लागि १० हजार रुपैयाँ खर्च देखाएका छन् ।

निर्वाचन आयोगका अनुसार, काठमाडौं–९ मा अर्यालले नेपाली कांग्रेसकी उमेदवार नानुमैँया बास्तोलालाई २९ हजार ६३३ मतान्तरले पराजित गरेका थिए । अर्यालले ३५ हजार ९३ मत ल्याए ।

बास्तोलाले पाँच हजार ४६० मत प्राप्त गरिन् । यो नै काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतान्तरको जित हार हो ।

काठमाडौंमा रास्वपाको ‘क्लिन स्वीप’मा अर्याल र विष्ट सबैभन्दा बढी मतान्तरले विजयी

निर्वाचन आयोगले उम्मेदवारहरूले गरेको निर्वाचन खर्च पारदर्शी बनाउन विवरण अनिवार्य रूपमा बुझाउनुपर्ने व्यवस्था गरेको छ।

यस्तो छ अर्यालले आयोगमा बुझाएको विवरणः


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ