काठमाडाैं क्षेत्र नं. ९ र १० सहित ४९ स्थानमा नेकपा एमालेको जमानत जफत, ४२ स्थानमा चौथो
थानकोट ।
निर्वाचन आयोगको विवरण अनुसार नेकपा एमाले काठमाडौं उपत्यका लगायत सहरी क्षेत्रको मताधार गुमाएको छ।
ती स्थानका निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवारहरूलाई धरौटी जोगाउन पनि सकस देखिएको छ ।
झापा–१, झापा–३, मोरङ–३, ४, ५, ६, सुनसरी–१, २, ४, सप्तरी–२, ३, ४, सिराहा–२, ४, महोत्तरी १, २, ३, सर्लाही १, २, ३, रौतहट–२, ३, ४, बारा–३, काठमाडौं–१, २, ३, ५, ७, ८, ९, १०, भक्तपुर–१, ललितपुर–२, ३, चितवन–२, ३, गोरखा–१, २, तनहुँ–१, रूपन्देही–१, ३, कपिलवस्तु–२, दाङ–१, नवलपरासी–१, २, कैलाली–१, ३, डडेलधुरा गरी ४९ स्थानमा एमालेको जमानत जफत भएको छ।
काठमाडाैं क्षेत्र नं. ९ मा रास्वपाका डीपी अर्यालले ३५०९३ मत पाउँदै विजयी हुँदा नेपाली काँग्रेसकी नानु बास्तोला ५४६० मतसहित दोश्रो स्थानमा रहँदा नेकपा एमालेका अजयक्रान्ती शाक्य ४५६० सहित तेस्रो स्थानमा रहे ।
काठमाडाैं क्षेत्र नंं १० मा रास्वपाका प्रदिप विष्टले ३७४६९ मत पाउँदा नेपाली काँग्रेसका हिमाल कार्कीको पक्षमा ८१०० मत पर्यो । नेकपा एमालेका विनोद श्रेष्ठले ४८५४ मत पाए ।
उम्मेदवारी दर्ता गर्न निर्वाचन आयोगले १० हजार रुपैयाँ दस्तुर लिने गर्छ। कुल सदर मतको १० प्रतिशत कटाउने उम्मेदवारले जमानत बापतको उक्त रकम फिर्ता पाउँछन्। उक्त मत नकटाउने उम्मेदवारको १० हजार रूपैयाँ जफत हुन्छ। धरौटी जफत त्यसैलाई भनिएको हो।
२०७९ सालको निर्वाचनमा एमालेको प्रत्यक्ष र समानुपातिक गरी ७८ जना सांसदको प्रतिनिधित्व थियो। निर्वाचन आयोगको अद्यावधिक विवरणअनुसार आगामी संसदमा एमालेको २५ सांसदको प्रतिनिधित्व रहने देखिएको छ। एमालेका ९ जना उम्मेदवार प्रत्यक्ष जितेका छन्। समानुपातिकबाट १६ जनाको प्रतिनिधित्व रहने देखिएको छ।
फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा एमालेको अवस्थाको सूची हेराैं
















