नेपाली बजारमा सुनको मूल्य घट्यो
थानकोट ।
नेपाली स्थानीय बजारमा सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आइतबार (चैत १) सुनको मूल्य तोलामा ४ हजार ८ सय रुपैयाँले घटेको हो ।
आजका लागि तोलाको तीन लाख नौ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको छ ।
गत शुक्रबार (फागुन २९) मा सुनको भाउ तीन लाख १४ हजार २ सय रुपैयाँ थियो ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ ।
यस दिन तोलामा २ सय २५ रुपैयाँले घटेर पाँच हजार २ सय ७० रुपैयाँ कायम भएको छ ।
शुक्रबार, पाँच हजार ४ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।















