नेपाली बजारमा सुनचाँदीको भाउ बढ्यो

Thankot Times

थानकोट ।

नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ ।

मंगलबार (चैत ३) सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आजका लागि सुनको मूल्य तोलाको तीन लाख नौ हजार ९ सय रुपैयाँ कायम छ ।

अघिल्लो दिन तीन लाख नौ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य भने तोलामा ७० रुपैयाँले बढेर तोलाको पाँच हजार ३ सय ३५ रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन हिजो सोमबार चाँदीको भाउ प्रति तोला पाँच हजार २ सय ६५ मा कारोबार भएको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *